
काठमाडौँ । नेपालका गाडी बजारका उपभोक्ताहरूका लागि बीएडब्लुका आधिकारिक वितरक एलआरआर मोटर्सले भारी छुटको अफर योजना लिएर आएको छ ।कम्पनीले आफ्नो मिनि कार ब्रम्बीका लागि भारी छुट योजना लिएर आएको जनाएको हो ।े नयाँ वर्षको अवसरमा २ लाख ९१ हजार नगद छुट दिएर सो कार बिक्री गर्न लागेको हो ।
यसअघि २२ लाख ९० हजार रुपैयाँमा बिक्री भइ आएको ब्रम्बी ईभीको सिमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री थालिएको छ । बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने जनाइएको छ ।
होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको जनाइएको छ ।सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स देखिने बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।
यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij