Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

  • नयाँदिल्ली ।भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार  असिना पानीका कारण २५ जनाको मृत्यु भएको  बिहारको राज्य सरकारले जनाएको छ ।

    बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ ९चार हजार ६४९ अमेरिकी डलर० आर्थिक राहत दिने घोषणा गर्नुभएको छ ।  

    विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।

    मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij