Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

इजरायली नाकाबन्दीका कारण यूएन मिसनलाई गाजामा प्रवेशमा रोकावट

इजरायली नाकाबन्दीका कारण यूएन मिसनलाई गाजामा प्रवेशमा रोकावट

  • जेनेभा ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसङ्घका ७५ प्रतिशत मिसनलाई गाजा प्रवेश गर्नबाट रोकिएको बताउनुभएको छ । 

    जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डा टेड्रोसले मार्च २ देखि गाजामा इजरायलले लगाएको पूर्ण नाकाबन्दीले खाद्यान्न तथा चिकित्सालगायतका आधारभुत वस्तुको आपूर्तिसमेत रोकिएको बताउनुभएको छ ।
      
    गत हप्तामा मात्रै संयुक्त राष्ट्रसङ्घका ७५ प्रतिशत मिसनहरू रोकिँदा भोक कुपोषण आश्रय  र पर्याप्त स्वास्थ्य सेवाको पहुँच अभावले रोग र मृत्युको जोखिम बढेको चेतावनी उहाँले दिुनुभएको छ ।  

    उहाँले टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीमा इजरायली आक्रमण जारी रहेको कुरामा जोड दिँदै सन् २०२३ अक्टोबर ७ देखि ४०० भन्दा बढी मानवतावादीहरू मृत्यु भएको बताउनुभएको छ ।

    बढ्दो जोखिम र घट्दो आपूर्तिको बावजुद, गाजामा सहायता, स्वास्थ्य सेवा र निर्बाध मानवीय पहुँचका लगि तत्काल नाकाबन्दी हटाउन आह्वान गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij