
काठमाडौँ ।प्योर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकतामा राखेर शेयर बाँडफाँट गरिसकेको छ भने अहिले बाँकी ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीले प्रवर्द्धन गरेको दुईवटा १०-१० मेगावाट क्षमताका सौर्य विद्युत आयोजना सञ्चालनमा रहेका छन्, जसमा गरिएको लगानीको फिर्ता अवधि औसतमा ८ वर्षभन्दा अलि बढी देखिएको छ। केयर रेटिङ नेपालले कम्पनीलाई दिइएको BB+ रेटिङले जोखिमको औसत स्तर संकेत गरे पनि हालको ऊर्जा क्षेत्रमा बढ्दो माग र न्यून आपूर्तिको सन्दर्भमा यो आईपीओ प्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आईपीओको बिक्री प्रबन्धकको भूमिका निभाइरहेको छ भने इच्छुक लगानीकर्ताले मेरो शेयर प्रणाली वा सि–आस्बा सदस्य बैंकमार्फत आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij