Logo

Apr 16 2025 | २०८२, वैशाख ४गते

Apr 16 2025 | २०८२, वैशाख ४गते

images

परीक्षाको समयलाई मध्यनजर गर्दै शिक्षकहरूलाई जिम्मेवारीमा फर्कन मन्त्रिपरिषद्को अपिल

परीक्षाको समयलाई मध्यनजर गर्दै शिक्षकहरूलाई जिम्मेवारीमा फर्कन मन्त्रिपरिषद्को अपिल

  • काठमाडौँ। सरकारले शिक्षकका  माग सम्बोधन गर्न तयार रहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल शिक्षक महासङ्घले उठाएका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि संवाद गर्न संवेदनशील रहेको उल्लेख गरेको छ ।

     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको जानकारी दिनुभयो । उहाँले शिक्षकले उठाएका यथोचित माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।

     महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री भट्टराईको भनाइ थियो । विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ–आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij