Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

बैशाख मसान्तसम्म कुमारी बैंकको आइफोन जित्ने उपहार योजना

बैशाख मसान्तसम्म कुमारी बैंकको आइफोन जित्ने उपहार योजना

  • काठमाडौँ । कुमारी बैंक लिमिटेडले उपहार योजना ल्याएको छ । नयाँ वर्ष २०८२ को अवसरमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ शीर्षक नाम दिएर कुमारी बैंकले उपहार योजना सार्वजनिक गरेको हो । ग्राहकहरूले आकर्षक बम्पर उपहारसहित साप्ताहिक मोबाइल रिचार्ज जित्ने मौका पाउने गरी यो योजना ल्याइएको जनाइएको छ ।बैंकले जनाए  अनुसार, योजनाअन्तर्गत सहभागी हुन ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । त्यसपछि ग्राहकहरू बम्पर उपहार आइफोन १६ जित्न स्वतः योग्य हुनेछन् ।

    यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन भइरहेको छ । अफर अवधिभर प्रत्येक हप्ता १०० जना ग्राहकले १०० रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपहारस्वरूप प्राप्त गर्नेछन् । योजना समाप्तिपछि एक जना विजेताले बम्पर उपहारका रूपमा आइफोन १६ जित्ने अवसर पाउनेछ ।

    ग्राहकलाई डिजिटल बैंकिङ सेवा तर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजनाले मोबाइल टपअप र फोनपे डाइरेक्ट प्रयोगलाई थप प्रवद्र्धन गर्ने विश्वास कुमारी बैंकले लिएको छ । बैंकका अनुसार, कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत सुरक्षित, सहज र भरपर्दो डिजिटल कारोबारलाई प्रोत्साहन दिने यो योजना बैंकको डिजिटल पहुँच विस्तार गर्ने रणनीतिक प्रयास हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij