Logo

Jun 04 2025 | २०८२, जेठ २१गते

Jun 04 2025 | २०८२, जेठ २१गते

images

मितेरी डेभलपमेन्ट बैंकको  तेस्रो त्रैमासमा ३५.४१% नाफा वृद्धि, एनपीए घटेर ०.७८% मा झर्यो

मितेरी डेभलपमेन्ट बैंकको  तेस्रो त्रैमासमा ३५.४१% नाफा वृद्धि, एनपीए घटेर ०.७८% मा झर्यो

  • काठमाडौँ ।  मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले प्रभावशाली वित्तीय सुधार गर्दै खुद नाफा ३५.४१ प्रतिशतले वृद्धि गरी ९ करोड २४ लाख रुपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ६ करोड ८२ लाख रुपैयाँ मात्र थियो।

    तर, बैंकको खुद ब्याज आम्दानी भने ३१.४४ प्रतिशतले घटेर १३ करोड २६ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यसले १९ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यद्यपि सञ्चालन नाफा भने १३ करोड २० लाख रुपैयाँ पुग्दै ३५।४१ प्रतिशतले वृद्धि भएको छ।

    खराब कर्जा (एनपीए) पनि उल्लेख्य सुधार गर्दै २.६३ प्रतिशतबाट घटेर ०।७८ प्रतिशतमा झरेको छ। बैंकको आम्दानी वृद्धि भएसँगै प्रति शेयर आम्दानी पनि ८.१९ रुपैयाँबाट बढेर १०.१३ रुपैयाँ पुगेको छ। बैंकको प्रति शेयर नेटवर्थ हाल १३८ रुपैयाँ कायम छ।

    चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड रुपैयाँ, जगेडा कोषमा ३५ करोड ८२ लाख रुपैयाँ, र वितरणयोग्य नाफा १० करोड ८३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij