Logo

Jul 12 2025 | २०८२, असार २८गते

Jul 12 2025 | २०८२, असार २८गते

images

विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते बाँडफाँट हुँदै, १९ लाखभन्दा बढीको आवेदनमध्ये ५ हजारले मात्र पाउने

विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते बाँडफाँट हुँदै, १९ लाखभन्दा बढीको आवेदनमध्ये ५ हजारले मात्र पाउने

  • काठमाडौं ।  विन नेपाल लघुवित्तको एफपीओ आइतबार, वैशाख ७ गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बाँडफाँट कम्पनीको कार्यालय, ठमेल काठमाडौंमा गरिनेछ।

    यस एफपीओमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ, जसले गर्दा बाँडफाँट गोलाप्रथाबाट हुने पक्का भएको छ।
    जम्मा १९ लाख ७४ हजार ७०९ जना आवेदकले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिएका छन्। तर केवल ५ हजार १२९ जनालाई मात्र सेयर प्राप्त हुने छ, बाँकी १९ लाखभन्दा बढी आवेदकहरू खाली हात पर्नेछन्।

    कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको थियो। यो एफपीओ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न ल्याइएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij