Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

२५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक लामालाई   पुर्पक्षका लागि कारागार चलान

२५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक लामालाई   पुर्पक्षका लागि कारागार चलान

  • काठमाडौँ । काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामालाई   पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

    राजस्व अनुसन्धान विभागले  यकिन गरेको उक्त रकमको मालिक  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल फरार छन् ।विभागले फरार पौडेल र चालक लामा दुवै विरुद्ध विदेशी विनमय कसुरमा  मुख्य प्रतिवादी बनाइ मुद्दा दायर गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij