
काठमाडौँ। एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१.८१ प्रतिशत नाफा घटेर रु १५ करोड ६७ लाख ७५ हजारसम्म सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर रु ७ अर्ब ९६ करोड २५ लाख १९ हजार पुगेको छ, जबकि सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर रु १ अर्ब २९ करोड ५ लाख ९ हजारमा झरेको छ। खराब कर्जामा पनि ०.१६ प्रतिशत वृद्धि भएको छ, जसका कारण नाफामा दबाब परेको देखिन्छ।
बैंकको वितरणयोग्य नाफा ऋणात्मक रु ३ अर्ब ५६ करोड ९२ लाख रहेको छ। प्रतिसेयर आम्दानी रु १.४१ र प्रतिसेयर नेटवर्थ रु १९९.३० रहेको बैंकको आइओई (इन्टरनल अफिसियल इक्विटी) ०.७१ प्रतिशत छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij