Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% बढ्यो, ब्याज आम्दानी घटेपनि नाफामा वृद्धि

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% बढ्यो, ब्याज आम्दानी घटेपनि नाफामा वृद्धि

  • काठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३७.१२ प्रतिशतको वृद्धि हो, जसले बैंकको वित्तीय प्रदर्शनलाई मजबुत बनाएको देखिन्छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले रु ३ अर्ब ३० करोड नाफा कमाएको थियो।

    बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेर रु १२ अर्ब ३१ करोड ७१ लाख पुगेको छ। यद्यपि, इम्पेयरमेन्ट चार्जमा आएको गिरावटका कारण नाफामा वृद्धि भएको हो। साथै, बैंकको सञ्चालन नाफा ३४.४१ प्रतिशतले वृद्धि भएर रु ६ अर्ब ३३ करोड पुगेको छ।

    चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसाले बढेर रु १५ रुपैयाँ ८६ पैसा पुगेको छ, र प्रतिसेयर नेटवर्थ रु १७३.४७ पैसा रहेको छ। यसका साथै, बैंकको चुक्ता पूँजी रु ३८ अर्ब ११ करोड रहेको छ, र वितरणयोग्य नाफा साढे ३ अर्ब रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij