
क्रामाटोर्स्क ।युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गर्नुभए पनि रुसी सेनाले फ्रन्ट लाइनमा आफ्नो गोलाबारी र आक्रमणहरू जारी राखेको बताउनुभएको छ ।
तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ ।
तर आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमण साइरन बजेका थिए । जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाउनुभयो ।
युक्रेनी सेनाध्यक्ष ओलेक्सान्डर सिरस्कीको बिहान ६ः०० ९०३०० जिएमटी० को रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभयो, “विभिन्न फ्रन्टलाइन दिशामा रूसी गोलाबारीका ५९ वटा घटना र रूसी युनिटहरूद्वारा पाँच आक्रमण भइसकेका छन् ।”
शनिबार मध्यरात ९२१०० जिएमटी० सम्मको छ घण्टामा ‘रूसी सेनाले गोलाबारी गरेको तीन सय ८७ वटा घटना र १९ वटा आक्रमण’ भएको र ‘रूसीहरूले दुई सय ९० पटक ड्रोन प्रयोग गरेको’ उहाँले बताउनुभयो ।
“समग्रमा इस्टर बिहानसम्म हामी भन्न सक्छौँ कि रुसी सेनाले युद्धविरामको सामान्य छाप सिर्जना गर्न प्रयास गरिरहेको छ, जबकि केही क्षेत्रमा अझै पनि अघि बढ्ने र युक्रेनलाई क्षति पुर्याउने एकल प्रयासहरू जारी राखेको छ”, जेलेन्स्कीको पोस्टमा भनिएको छ ।
इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किएभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो ।
शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्की समेत दिएको थियो ।
– शान्तिलाई मौका दिनुहोस् –
“आज १८०० ९१५०० जिएमटी शनिबार० देखि मध्यरात आइतबार ९२१०० जिएमटी आइतबार० सम्म रूसी पक्षले इस्टर युद्धविरामको घोषणा गर्दछ”, पुटिनले रुसी जनरल स्टाफका प्रमुख भेलेरी गेरासिमोभसँगको बैठकमा टेलिभिजनमा प्रसारित टिप्पणीहरूमा भन्नुभयो ।
जेलेन्स्कीले युक्रेनले पनि त्यसैको अनुसरण गर्ने भन्दै प्रतिक्रिया दिनुभयो र रुसले पहिले नै आफ्ना प्रतिज्ञाहरू तोडेको आरोप लगाए तापनि आइतबारभन्दा अगाडि युद्धविराम विस्तार गर्ने प्रस्ताव राख्नुभयो ।
“रुसले युद्धविरामका सर्तहरूको पूर्ण रूपमा पालना गर्नुपर्छ । आज राति मध्यरातपछि ३० दिनका लागि युद्धविराम कार्यान्वयन र विस्तार गर्ने युक्रेनको प्रस्ताव टेबलमा रहेको छ”, जेलेन्स्कीको आइतबारको पोस्टमा भनिएको छ ।
यसअघि उहाँले पुटिनले प्रस्तावित ३० दिनको पूर्ण र बिना शर्त युद्धविरामलाई पहिले नै अस्वीकार गरिसक्नुभएको भनी औंल्याउँदै ‘३० दिन शान्तिलाई एउटा मौका दिन सक्छ’ भन्ने सुझाव दिनुभएको थियो ।
पुटिनले आइतबार मनाइने इस्टर बिदाका लागि गरिएको युद्धविराम ‘मानवीय कारण’ बाट प्रेरित भएको बताउनुभएको थियो ।
उहाँले युक्रेनले मान्ने अपेक्षा गरे पनि रुसी सेना ‘शत्रुको सम्भावित युद्धविराम उल्लङ्घन र उक्साहटको प्रतिरोध गर्न तयार हुनुपर्छ’ भन्नुभयो ।
पुटिनले पछिल्लो युद्धविराम प्रस्तावले ‘किएभको शासनको तयारी, यसको इच्छा र सम्झौताहरू पालन गर्ने र शान्ति वार्ताको प्रक्रियामा भाग लिने क्षमता कति इमानदार छ’ देखाउने बताउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij