Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

घट्दै तिब्बतीयन शरणार्थीः ४८ जनाको परिचयपत्र नवीकरण

घट्दै तिब्बतीयन शरणार्थीः ४८ जनाको परिचयपत्र नवीकरण

  • गलकोट । बागलुङको ढोरपाटन उपत्यका क्षेत्रमा बस्दै आएका ४८ तिब्बतीयन शरणार्थीको पचिरयपत्र नविकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समूहले तिब्बतबाट आएर यहाँ बसेका शरणार्थीको गाउँमा पुगेर परिचयपत्र नविकरण गरेको हो ।

     

    पछिल्लो समय शरणार्थी बसाइँसराइका कारण पोखरा, काठमाडौँलगायत देशका ठूला सहरमा जान थालेपछि परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा क्रमशः कमि आउँदै गएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।  

     

    गत आवमा ५० को परिचयपत्र नविकरण भएकामा चालु आवमा ४८ जनाको नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । नेपालमा बस्ने अस्थायी परिचयपत्र वार्षिक रूपमा नविकरण गरिँदै आइएको उहाँको भनाइ छ ।

     

    “उहाँहरूको बस्तीमा पुगेर नविकरण गरिन्छ, अघिल्लो वर्ष ५० जनाको नविकरण भएकामा चालु आवमा ४८ जनाको भयो । उहाँहरू विभिन्न सहरमा व्यापारका लागि जाने र नविकरणका लागि आफ्नो क्याम्प रहेको ढोरपाटने आउने गरेको पाइयो, केही बिरामी भएरसमेत नविकरणमा नआएको सुनियो”, पौडेलले भन्नुभयो “उहाँहरूलाई नेपालमा बस्ने अनुमतिका लागि परिचयपत्र दिँदै आएका छौँ ।”

     

    जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो चार वर्षमा शरणार्थी परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ मा ५६, आव २०७९र८० मा ५३, आव २०८०र८१ मा ५० र चालु आवमा ४८ शरणार्थीले परिचयपत्र नविकरण गरेका छन् । 

     

    ढोरपाटन–९ स्थित चारगाउँ, छेन्तुङलगायत ठाउँ तिब्बतीयन शरणार्थीको बसोबास रही आएको वडाध्यक्ष खिमबहादुर घर्तीले जानकारी दिनुभयो । अधिकांश शरणार्थी नविकरणका लागि मात्रै ढोरपाटन आउने गरेका बताउँदै उहाँले पोखरा र काठमाडौँजस्ता ठूला सहरमा व्यवसाय गर्दै आएका उल्लेख गर्नुभयो ।

     

    उहाँहरूका परिवार नेपालबाट विदेशसमेत जान थालेकाले तिब्बतीयन शरणार्थी बस्ती क्रमशः खाली हुँदै गएको वडाध्यक्ष घर्तीले बताउनुभयो । ढोरपाटन छोड्दा यहाँ बनेका घर जीर्ण बन्दै गएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै जान थालेका उहाँको भनाइ छ । वडाध्यक्षका अनुसार अहिले तिब्बतीयन बसेको ठाउँमा केही बुढापाका मात्रै छन् ।

     

    व्यापार व्यवसायका लागि सहरमा जाने भएकाले क्याम सुनसान भइरहेको निमा ल्याह्मोले बताउनुभयो । उहाँले पहिले धेरै शरणार्थी भएकामा अहिले व्यापार, विदेशलगायत कारणले बसाइँसराइ गर्नाले बस्ती खाली हुँदै गएको उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij