Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

प्रभु बैंकद्वारा २ लाख ६२ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि विक्रीमा

प्रभु बैंकद्वारा २ लाख ६२ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि विक्रीमा

  •  

    काठमाडौँ ।प्रभु बैंक लिमिटेडले २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूका लागि विक्रीमा ल्याएको छ। यसअघि बैंकले सो सेयरहरू विद्यमान संस्थापक सेयरधनीहरूलाई विक्रीका लागि खुला गरेको थियो, तर सो अवधिमा सेयर नबिकेपछि अब अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूका लागि विक्री खुला गरिएको हो।

    सेयर खरिदमा रुचि राख्ने व्यक्तिहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौँको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ।

    यो अवसरबाट इच्छुक लगानीकर्ताहरूले बैंकको संस्थापक सेयरधनी बन्ने मौका पाउनेछन्, जसले दीर्घकालीन लगानीका लागि सम्भावना बोकेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij