Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

पूर्व पर्यटनमन्त्री आले विरुद्ध विमानस्थल खरिदमा अनियमितता गरेको उजुरी उपर छानबिन बढाउँदै लेखा समिति

पूर्व पर्यटनमन्त्री आले विरुद्ध विमानस्थल खरिदमा अनियमितता गरेको उजुरी उपर छानबिन बढाउँदै लेखा समिति

  • काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले  पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्धको उजुरीमाथिको छानबिन अगाडि बढाएको छ।मन्त्रीको जिम्मेवारीमा रहँदा आलेले  धनगढी विमानस्थल विस्तारका लागि  जग्गा खरिदमा अनियमितता गरेको भन्दै वैशाख ४ गते परेको उजुरीमा समितिले छानबिन अगाडि बढाएको हो।

    समितिका सभापति ऋषिकेश पोखरेलले हाल लेखा समितिका सदस्य समेत रहेका पूर्व पर्यटनमन्त्री आलेमाथि लागेका आरोपबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमि सुधार मन्त्रालयबाट आवश्यक कागजात मगाउने निर्णय मंगलबार गरेका छन्। 

    आलेमाथि व्यक्तिगत कम्पनी खडा गरेर जग्गा खरिद गरेको आरोप लगाइएको छ। उनले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार पवन गुप्ता र आफ्ना स्वकीय सचिव हेमन्त रेग्मीसँग मिलेर विमानस्थल आसपासमा जग्गा खरिद गरेको उजुरीमा दाबी गरिएके छ।

    आलेले २०७८ सालमा आफू मन्त्री हुँदा धनगढी विमानस्थल विस्तारको योजना ल्याइ मुआब्जाका लागि भनेर १ अर्ब बजेट छुट्टाएकामा प्रति कठ्ठा साढे १२ लाखका दरले जग्गा किनेका थिए। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij