Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

दोर्दी खोला जलविद्युतद्वारा शतप्रतिशत हकप्रद शेयर आवेदनको अवधि थप

दोर्दी खोला जलविद्युतद्वारा शतप्रतिशत हकप्रद शेयर आवेदनको अवधि थप

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले शतप्रतिशत हकप्रद शेयर खरीद गर्न छुट भएका शेयरधनीहरूको सुविधाका लागि आवेदन अवधि थप गरेको छ। यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेपनि केही शेयरधनीहरू आवेदन दिन छुटिएकाले, वैशाख ११ गते सम्पन्न सञ्चालक समितिको बैठकले वैशाख १२ देखि वैशाख १४ गतेसम्म कार्यालय समयभित्र पुनः आवेदन खुला गर्ने निर्णय गरेको हो। कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको छ, जसअनुसार एक कित्ता शेयर भएका शेयरधनीहरूले थप एक कित्ता हकप्रद शेयर खरीद गर्न पाउनेछन्। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्कासनको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो भने सार्वजनिक बिदाका कारण फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्। बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ, र आवेदन सानिमा बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखाहरूबाट दिन सकिनेछ। साथै, आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र ूमेरो शेयरू अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij