Logo

Apr 26 2025 | २०८२, वैशाख १४गते

Apr 26 2025 | २०८२, वैशाख १४गते

images

अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी, ९ पसल जलेर नष्ट

अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी, ९ पसल जलेर नष्ट

  • धनगढी । अछामको साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार बिहान भीषण आगलागी भएको छ। आगलागीमा परेर होटल, मासु पसललगायत ९ वटा व्यवसायिक पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

    स्थानीयवासी र सशस्त्र प्रहरी बलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    स्थानीयका अनुसार एक पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको बताइएको छ। घटनास्थलमा अहिले प्रहरीको टोलीले क्षति मूल्यांकन र आगलागीको कारणको अध्ययन गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij