Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

आज बिहान ७:३० बजे शिक्षक र सरकारबीच वार्ता, समाधानको खोजीमा सकारात्मक संकेत

आज बिहान ७:३० बजे शिक्षक र सरकारबीच वार्ता, समाधानको खोजीमा सकारात्मक संकेत

  • काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ७:३० बजे वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयारी पूरा भएको जनाएको हो।

    मन्त्रालयका सहसचिव युवराज पौडेलद्वारा जारी विज्ञप्तिमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको समस्याको समाधान वार्ता र संवादबाट खोजिने बताए पनि उल्लेख गरिएको छ।

    यसअघि हिजो दिउँसो ३ बजेका लागि तय गरिएको वार्ता अन्तिम समयमा आएर स्थगित भएको थियो। मन्त्रालयले शिक्षक महासंघलाई जानकारी नदिई सिंहदरबार प्रवेशका लागि २५ जनाको नाम पठाएपछि शिक्षकहरू आक्रोशित हुँदै बार्ताबाट फर्किएका थिए।

    शिक्षक महासंघको आधिकारिक टोलीलाई प्रवेश अनुमति नदिएको घटनाले हिजोको वार्ता भाँडिएको थियो। तर, मन्त्रालयले महासंघले प्रस्ताव गरेको वार्ता टोलीसँग छलफल गर्न सहमति जनाएपछि आज बिहान वार्ता पुनः तय गरिएको हो।

    नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ। शुक्रबार पनि आन्दोलनको २४औं दिन बिजुलीबजार क्षेत्रमा शिक्षकहरूले प्रदर्शन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij