Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

सान्भि इनर्जीको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने

सान्भि इनर्जीको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने

  • काठमाडौं।सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले वैशाख ५ गतेदेखि शेयर आवेदन खुला गरेको हो।

    कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित इलामका स्थानीयबासीका लागि छुट्याएको छ। इच्छुक आवेदकहरूले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा वैशाख १९ गते र माग अनुसार नपुगेको खण्डमा जेठ ३ गतेसम्म कायम रहनेछ।

    त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि सोही मितिबाट २ लाख ९१ हजार कित्ता शेयर बिक्री खुला गरिएको छ। उनीहरूले पनि प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम २० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। तर, वैदेशिक रोजगारी श्रेणीको आवेदन वैशाख १९ गतेमै बन्द हुने कम्पनीले जनाएको छ।

    यस आईपीओको मूल्यांकनमा केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ‘CARE-NP BB+ (Is)’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमै दायित्व पूरा गर्ने क्षमतालाई औसत जोखिममा रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij