
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २४ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको २१ करोड १३ लाख रुपैयाँको तुलनामा करिब १७ प्रतिशतले बढी हो।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज ३ करोड ६० लाख रुपैयाँ रहेको छ, जबकि अघिल्लो वर्ष कम्पनीले १८ करोड ९५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज फिर्ता पाएको थियो।
९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष २ अर्ब ८० लाख रुपैयाँ पुगेको छ। यस अवधिसम्म कम्पनीको कर्जा सापटी १२ करोड ९६ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने कर्जा प्रवाह १ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ।
तेस्रो त्रैमाससम्म ३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्न सफल भएको कम्पनीले निष्क्रिय कर्जा दरलाई पनि घटाउन सफल भएको छ। गत वर्ष ६.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ४।४२ प्रतिशतमा झरेको छ।
हाल कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २८२ रुपैयाँ ४८ पैसा रहेको छ।
अझ सशक्त वित्तीय अवस्था र नाफाको स्थिर वृद्धिले कम्पनीलाई लगानीकर्ताहरूका लागि आकर्षक विकल्प बनाएको देखिन्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij