Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

राष्ट्र बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने

राष्ट्र बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले देशका विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा राख्ने तयारी गरेको छ। राष्ट्र बैंकले विभिन्न कोषमा रहेको यो रकम मुद्दति निक्षेपको रूपमा राख्नका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव आह्वान गरेको हो।

    राष्ट्र बैंकको योजना अनुसार, वाणिज्य बैंकहरूमा ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ५७ करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा १९ करोड २१ लाख रुपैयाँ जम्मा गरिनेछ।

    यो निक्षेप योजना सन् २०२५ मे १७ देखि सुरु भई २०२६ मे १७ सम्म, कुल ३६६ दिनका लागि लागू हुनेछ। इच्छुक संस्थाहरूले चाहेको रकम र प्रस्तावित ब्याजदरसहित वैशाख १७ गते राति १२ बजेसम्म प्रस्ताव पेश गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ।

    निक्षेप प्राप्त गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा २ वर्ष सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम भएको हुनुपर्ने, कुल कर्जामा निष्कृय कर्जाको अनुपात ८ प्रतिशत ननाघेको र खुद निष्कृय कर्जा ३ प्रतिशतभन्दा कम भएको हुनुपर्ने जस्ता मापदण्ड पालना गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij