Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा

कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा

  • काठमाडौँ।सर्लाहीको धनकौल गाउँपालिकामा कृषि बाटो निर्माणको क्रममा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार, लागत अनुमानविपरीत निर्माण कार्य सञ्चालन गरेर सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याइएको अभियोगमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ स्तरका कर्मचारी मोहम्मद रफिक, तथा सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध रु ७ लाख ७९ हजार २०५ बराबरको बिगो मागसहित मुद्दा दर्ता गरिएको हो।

    यसका अतिरिक्त, गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी र वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसमेत मुद्दाको दायरामा परेका छन्।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएअनुसार, संलग्न सबै व्यक्तिमाथि सार्वजनिक रकमको दुरुपयोग र आर्थिक अनुशासन उल्लंघनको आरोपमा मुद्दा अघि बढाइएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij