Logo

Apr 29 2025 | २०८२, वैशाख १७गते

Apr 29 2025 | २०८२, वैशाख १७गते

images

मन्त्रिपरिषद् बैठक : शिक्षकका आन्दोलन वार्ताबाटै समाधान गरिने

मन्त्रिपरिषद् बैठक : शिक्षकका आन्दोलन वार्ताबाटै समाधान गरिने

  • काठमाडौँ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । 

     

    बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराउनुभएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराउनुभएको थियो ।

     

    त्यसैगरी बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा  प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij