Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

राष्ट्रपति पौडेलले वैशाख १९ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति पौडेलले वैशाख १९ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते अपराह्न ३ बजे संघीय संसद्का दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभा — को संयुक्त बैठकमा सम्बोधन गर्ने भएका छन्।

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संविधानअनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिने व्यवस्था रहेको छ।

    संयुक्त संसद बैठकमा राष्ट्रपतिको सम्बोधनमार्फत सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ, जसमा विकास, बजेटको प्राथमिकता, सार्वजनिक सेवा र राष्ट्रिय हितका प्रमुख योजनाहरू समेटिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij