Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

डेरी उद्योग संघद्वारा मोही ब्राण्डिङलाई प्रोत्साहित गर्न  आग्रह

डेरी उद्योग संघद्वारा मोही ब्राण्डिङलाई प्रोत्साहित गर्न  आग्रह

  • काठमाडौँ । डेरी उद्योग संघले सरकारसँग मोहीको ब्राण्डिङलाई प्रोत्साहित गर्न आग्रह गरेको छ ।संघले मोही ब्रान्डिङ गरी बिक्री वितरण गर्दा कृषकबाट उत्पादित दूध व्यवस्थापन गर्न सहयोग पुग्ने बताउँदै यसलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेको हो ।संघले यसका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत मोही मख्खन र घिउमा भ्याट हटाउने व्यवस्थाका लागि पहल गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

    सरकारको ध्यानाकर्षका लागि मन्त्रालयमा एक ज्ञापन पत्र बुझाइएको छ । संघले मन्त्रालयका सचिवलाई बुझाएको  ज्ञापनपत्रमा भनिएको छ ‘मख्खन, घिउ, मोही जस्ता खाद्यवस्तुमा भ्याट नलाग्ने व्यवस्था गर्दा एकातर्फ आम उपभोक्ता वर्गमा थप मूल्य भार पर्दैन भने अर्कातर्फ मोहीको खपत बढन गई आयातित दुग्धजन्य पदार्थहरुलाई प्रतिस्थापन गर्दै देशमा थप रोजगारी सृजना हुनेछ,’  । मोहीमा भ्याट हटाए विदेशबाट आयातित पेय वस्तुको प्रयोगलाई निरुत्साहित गर्न सकिने संघको विश्वास छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij