
काठमाडौं । आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । सरकारले प्रत्येक वर्ष मे १ तारिखका दिन सार्वजनिक बिदा दिने गरेअनुसार आज सरकारी कार्यालयहरूसँगै बैंक तथा वित्तीय संस्था पनि बन्द रहेका छन्।
सार्वजनिक बिदा दिइएकाले आज शेयर कारोबार बन्द रहने छ । यसका साथै काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था र सार्वजनिक निकाय पनि बन्द रहने छन् । शेयर बजार मंगलवार (भोलि) खुल्नेछ । नेपालमा विसं २०४६ को राजनीतिक परिवर्तनपछि श्रमिक दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो। आजको दिन श्रमिकहरूको सम्मान, हक र अधिकारको विषयमा जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना हुने गरेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij