Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण आज बोलकबोलमार्फत जारी गर्दैछ। केन्द्रीय बैंकले आइतबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन माग गरेको छ। यो उपकरण २१ दिन अवधिका लागि हुने भएको छ, जसको साँवा र ब्याज असार ६ गते भुक्तानी गरिनेछ।

    बोलकबोल प्रक्रियाबाट निर्धारण हुने यस उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक हुनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम माग रकमको ५ प्रतिशतसम्म निःशेष भाग रहने गरी बोलकबोलमा भाग लिन सक्नेछन्।

    यसअघि वैशाख १७ गते राष्ट्र बैंकले यस्तै ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो, जहाँ औसत ब्याजदर २।८५ प्रतिशत कायम भएको थियो। यस्ता उपायमार्फत केन्द्रीय बैंकले बजारमा सन्तुलन कायम राख्न र मुद्रास्फीतिमा नियन्त्रण गर्न मद्दत पुर्‍याउने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij