Logo

May 05 2025 | २०८२, वैशाख २३गते

May 05 2025 | २०८२, वैशाख २३गते

images

सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ। आइतबार यसै सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य परिवर्तन भइरहेकै छ।

     चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार पनि चाँदीको भाउ प्रतितोला १ हजार ९१० रुपैयाँमै कायम रहेको छ, जुन आइतबारको मूल्यसँग समान हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij