Logo

May 05 2025 | २०८२, वैशाख २३गते

May 05 2025 | २०८२, वैशाख २३गते

images

चालु आवको ९ महिनामा निर्जीवन र लघुबीमा कम्पनीद्वारा पैने ३३ अर्ब बढी बीमा शुल्क संकलन

चालु आवको ९ महिनामा निर्जीवन र लघुबीमा कम्पनीद्वारा पैने ३३ अर्ब बढी बीमा शुल्क संकलन

  • काठमाडौँ । चालु आवको ९ महिनामा निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीद्वारा पौने ३३ अर्ब बढीको बीमा शुल्क संकलन गरिएको छ ।नेपाल बीमा प्राधिकरणका अनुसार  चैत महिनासम्म निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेको देखिएको हो ।  सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी तथा चार लघु निर्जीवन बीमा कम्पनी कम्पनीले यो अवधिमा २४ लाख १२ हजार वटा बीमालेख बिक्री गरी उक्त बीमा शुल्क संकलन गरेका छन् ।

    ती मध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । शिखरले ४ अर्ब ३४ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क उठाएको देखिएको छ । 

    यसैगरी नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड, ओरियन्टल इन्स्योरेन्सको २ अर्ब १५ करोड, एनएलजी इन्स्योरेन्सको २ अर्ब १३ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको जनाइएको छ । 

    नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । यसैगरी माइक्रो इन्स्योरेन्सले १९ करोड ३६ लाख, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्सको १७ करोड ५७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड ३२ लाख तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

    प्रदेशगत रूपमा चैत मसान्तसम्म संकलित कुल बीमा शुल्कमध्ये बाग्मती प्रदेशमा २२ अर्ब १० करोड, लुम्बिनीमा २ अर्ब ८५ करोड, कोशी प्रदेशमा २ अर्ब ८६ करोड, मधेशका २ अर्ब १५ करोड, गण्डकीमा १ अर्ब ७० करोड, सुदूरपश्चिममा ४२ करोड ४७ लाख तथा कर्णालीमा ३० करोड ६८ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ । 

    यसैगरी  शीर्षकगत रूपमा हेर्दा मोटर बीमातर्फ ९ अर्ब ८२ करोड, सम्पत्ति बीमातर्फ ८ अर्ब १९ करोड, इञ्जिनियरिङ बीमातर्फ ५ अर्ब ५६ करोड, कृषि तथा बाली बीमाबापत १ अर्ब २३ करोड, सामुन्द्रिक बीमातर्फ १ अर्ब ८९ करोड, हवाई बीमातर्फ १ अर्ब ८१ करोड, लघु बीमातर्फ ६९ करोड ९७ लाख रुपैयाँ तथा विविध बीमातर्फ ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij