Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा नेपालप्रति श्रद्धाञ्जली अर्पण

स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा नेपालप्रति श्रद्धाञ्जली अर्पण

  •  

    काठमाडौँ ।मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्यष्टि गरिनेछ । 

     

    यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

     

    विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा ९एमाले०भित्र निर्णायक र प्रभावशाली हुनुहुन्थ्यो । 

     

    राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गर्नुभएका उहाँ नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित हुनुहुन्थ्यो । उहाँ आख्यानकार, कवि र उपन्यासकार हुनुहुन्थ्यो ।

     

    उहाँले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गर्नुभएका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पुर्‍याउनुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij