
काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव पारित गरेको हो।
घोषित लाभांशमध्ये १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० रहेको कम्पनीले जानकारी दिएको छ। प्रस्तावित लाभांश बीमा क्षेत्रको नियामक निकाय, बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ।
यसअघि, कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो। चालु वर्षको लाभांश अघिल्लो वर्षको तुलनामा केही घटेको भए पनि स्थिर लाभांश वितरणको परम्परा कायम राख्दै कम्पनीले लगानीकर्तामा सकारात्मक संकेत दिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij