
काठमाडौं । बोटलर्स नेपालका दुबै कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमास ९९ महिना० सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार, बोटलर्स नेपाल (तराई) ले ९ महिनामा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६९.१० प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
उक्त अवधिमा कम्पनीको कुल आम्दानी पनि घटेको देखिन्छ — ५ अर्ब ८१ करोड रुपैयाँबाट घटेर ४ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ। यद्यपि, कम्पनीले वित्तीय खर्चमा कटौती गर्न सफल भएको छ, जुन २० करोड १२ लाख रुपैयाँबाट घटेर १३ करोड ९६ लाख रुपैयाँमा झरेको हो।
कम्पनीको चुक्ता पुँजी हाल १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी हो। हाल कम्पनीको इपीएस ८९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ ३,४९७ रुपैयाँ रहेको छ।
यसैगरी, बोटलर्स नेपाल ९बालाजु० ले ९ महिनामा १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ७३।३१ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको कुल आम्दानी सामान्य रूपमा घटेर ७ अर्ब १८ करोडबाट ७ अर्ब ७ करोड रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय खर्च पनि २३ करोड ३३ लाखबाट घटेर १६ करोड २४ लाख रुपैयाँमा झरेको छ।
बालाजुस्थित कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ७० करोड रुपैयाँभन्दा बढी हो। हाल कम्पनीको इपीएस ६ रुपैयाँ र प्रति सेयर नेटवर्थ ३,४१२ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij