Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

सोपन फार्मास्युटिकल्सको आइपीओ तयारी : आम्दानीमा वृद्धि, तर उत्पादन क्षमता न्यून उपयोग

सोपन फार्मास्युटिकल्सको आइपीओ तयारी : आम्दानीमा वृद्धि, तर उत्पादन क्षमता न्यून उपयोग

  •  

    काठमाडौँ । सोपन फार्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको आम्दानी अघिल्लो वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। २०२४ मा १५ करोड २० लाख र २०२३ मा १४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७९ सालपछि कारोबार विस्तार गर्दै आएको छ। यसले कम्पनीको व्यापार सुधार भइरहेको संकेत गर्छ।

    बैंक ऋणको सन्दर्भमा, सोपनले ६९ करोड १४ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ। यसमध्ये लामो अवधिका लागि ५४ करोड ६४ लाख कर्जा  र छोटो अवधिका लागि १४ करोड ५० लाख कर्जा ‘ऋब्च्भ् ल्ए ब्द्ध’ रेटिङमा परेको छ। यद्यपि रेटिङमा सुधार देखिए पनि,  श्रेणीका कम्पनीहरूलाई समयमै वित्तीय दायित्व पुरा गर्न अझै पनि उच्च जोखिमयुक्त मानिन्छ।

    उल्लेखनीय रूपमा, सोपनले हाल आफ्नो उत्पादन क्षमताको मात्र झण्डै ३ प्रतिशत मात्र उपयोग गरिरहेको पाइएको छ। यसले हालसम्मको लगानी र उत्पादन पूर्वाधारप्रति प्रश्न उठाएको छ। प्रतिस्पर्धात्मक औषधि उद्योगमा कार्यरत कम्पनीको रुपमा सोपनले भारतीय, बहुराष्ट्रिय र नेपाली कम्पनीहरूसँग मूल्य, गुणस्तर, तथा बजार पहुँचमा प्रतिस्पर्धा गर्नुपरेको छ। साथै, सरकारी नियमन, मूल्य नियन्त्रण नीति र अनुसन्धान लागतले कम्पनीको मुनाफामा नकारात्मक असर पार्न सक्छ।

    फ्लोटिङ ब्याजदरमा आधारित ऋणले पनि जोखिम थपिएको छ, विशेष गरी नेपालको बैंकिङ प्रणालीमा तरलता अभावका कारण ब्याजदर अस्थिर रहने हुँदा नगद प्रवाहमा असर पर्न सक्छ। तर, हालै कम्पनीको पुँजी संरचनामा सुधार देखिएको छ। ९ महिनामा प्रमोटरहरूले २९.७ करोड रुपैयाँ थप लगानी गरेपछि कम्पनीको ऋण(इक्विटी अनुपात घटेको छ।

    नेपालको औषधि बजारमा माग बिस्तारै बढ्दै गएको छ। ग्रामीण क्षेत्रसम्मको पहुँच, जनचेतना र आयस्तरमा वृद्धि भएसँगै घरेलु उत्पादनकर्ताका लागि दीर्घकालीन अवसरहरू देखा परेका छन्। आयातमा निर्भर बजारमा प्रतिस्पर्धी मूल्य र गुणस्तर कायम राख्न सकेमा सोपन फार्मास्युटिकल्स जस्ता कम्पनीहरूलाई फाइदा पुग्न सक्ने देखिन्छ।

    विश्लेषकहरूका अनुसार, कम्पनीले आगामी दिनहरूमा उत्पादन क्षमताको प्रभावकारी उपयोग, ऋण व्यवस्थापन, तथा मुनाफा कायम राख्न सकेमा रेटिङमा थप सुधार सम्भव हुनेछ। हाल सोपन फार्मास्युटिकल्सले १०० रुपैयाँ अंकित दरमा ११ लाख कित्ता सेयर बिक्री गर्न आइपीओ अनुमति मागेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij