Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा राजस्व चुहावट कसुरमा भान्जा स्टोर्स एण्ड हाउसका प्रोपराइटर बरकत अलि मियाँ विरुद्ध ३ करोड बढीको मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा राजस्व चुहावट कसुरमा भान्जा स्टोर्स एण्ड हाउसका प्रोपराइटर बरकत अलि मियाँ विरुद्ध ३ करोड बढीको मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट कसुरमा भान्जा स्टोर्स एण्ड हाउसका प्रोपराइटर बरकत अलि मियाँ विरुद्ध ३ करोड बढीको मुद्दा दायर गरेको छ ।बुटवल उपमहानगरपालिका वडा न ७ राधाकृष्ण पथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोपराइटर मियाँ विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा वैशाख २५ गते अभियोग पत्र दायर गरेको हो ।

    उक्तफर्मले  फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नू, पेश गरेको मूल्य अभिवृद्धि कर विवरण भन्दा अधिक मौज्दात पसल तथा गोदामबाट फेला पर्नु, मौज्दात किताब भन्दा बढी फेला परेको मालवस्तु चोरी पैठारी गरी ल्याएर बिक्री गर्नु, कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई प्रचलित कानुन अनुसार  नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर नबुझाइ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार कसुर गरेको ठहर गरी मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागको विज्ञप्तिमा जनाइएको छ । 

    उक्त विज्ञप्ति अनुसार भन्सार चोरी पैठारी तर्फ ७५ लाख ९३ हजार ५ सय ५७, मूल्य अभिवृद्धि करतर्फ २३ लाख २७ हजार ४ सय ५९ र आयकरतर्फ ५६ लाख ४५ हजार २ सय ६५ गरी एक करोड पचपन्न लाख छैसठी हजार दुई सय एकासी रुपैयाँ बिगो र बिगोको शतप्रतिशत जरिवानासहित ३ करोड ११ लाख ३२ हजार ५ सय ६२ रुपैया असुल उपर गर्न तुलसीपुर उच्च अदालतको बुटबल इजलासमा मुद्दा दायर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij