Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

सत्तारुढ दल नेपाली कांग्रेसले भारत पाकिस्तान युद्ध भड्किने तनावको सन्दर्भमा भन्यो ‘ कांग्रेस सदैव आतंकवादको विरोधमा’

सत्तारुढ दल नेपाली कांग्रेसले भारत पाकिस्तान युद्ध भड्किने तनावको सन्दर्भमा भन्यो ‘ कांग्रेस सदैव आतंकवादको विरोधमा’

  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई सही  भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछिशुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने बताए ।

    आतंकवादको विरुद्धमा हुने कारबाहीलाई पार्टीले जायज रुपमा लिएको बताउँदै  महतले भने ‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं,’ ।

    दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको  खुलाउँदै  प्रवक्ता महतले  भने ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं । हामी आतंवादको खिलापमा छौं । आतंवादलाई निरुत्साहत गर्ने कुरामा साथमा छौं,’ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij