Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

९ महिनामा विप्रेषण आप्रवाह १० प्रतिशतले बढ्यो

९ महिनामा विप्रेषण आप्रवाह १० प्रतिशतले बढ्यो

  • काठमाडौँ  । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रेमिटयान्स आप्रवाह १०.० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार  भई ११९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

    सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांक अनुसार यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

    चालू आवको ९ महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रूपैयाँ रहेको थियो ।यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij