Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

शिवम् सिमेन्ट्सको नाफा ९६.०८ प्रतिशतले बढ्यो , खुद नाफा ४० करोड ५ लाख रुपैयाँ पुग्यो

शिवम् सिमेन्ट्सको नाफा ९६.०८ प्रतिशतले बढ्यो , खुद नाफा ४० करोड ५ लाख रुपैयाँ पुग्यो

  • काठमाडौं ।  शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानीमा कमी आए पनि खर्च घटाएको कारणले नाफामा उल्लेख्य सुधार देखिएको हो। चालु त्रैमासमा सञ्चालन आम्दानी १०.०१ प्रतिशत घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ भने अन्य आम्दानी २७.१० प्रतिशतले घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। तर, बिक्री लागत १६.०६ प्रतिशत र बिक्री तथा वितरण खर्च ९.०४ प्रतिशतले घटाइएको छ, जसले नाफा बढाउन सहयोग पुर्‍याएको हो।

    हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ, जगेडा कोष ३ अर्ब ४६ करोड रुपैयाँ र सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ। नाफा बढेसँगै शिवम् सिमेन्ट्सको प्रतिसेयर आम्दानी ४.३७ रुपैयाँले बढेर ९।७९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१० रुपैयाँमा उक्लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij