Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

निर्धन उत्थान लघुवित्तको नाफामा १७३% वृद्धि, प्रतिसेयर आम्दानी २४.५३ रुपैयाँमा उक्लियो

निर्धन उत्थान लघुवित्तको नाफामा १७३% वृद्धि, प्रतिसेयर आम्दानी २४.५३ रुपैयाँमा उक्लियो

  • काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै उल्लेखनीय वित्तीय प्रगति गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको १७ करोड ५८ लाख रुपैयाँ नाफाको तुलनामा १७३.२८ प्रतिशतले बढी हो।

    यद्यपि, कम्पनीको खुद ब्याज आम्दानी १२.२३ प्रतिशतले घटेर १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ। तर, सञ्चालन नाफा १०१.९२ प्रतिशतले बढेपछि कुल नाफामा सुधार देखिएको हो।

    वित्तीय स्थायित्वतर्फ हेर्दा, कम्पनीको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ नाघेको छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। साथै, खराब कर्जा अनुपात पनि घटेर १०.७७ प्रतिशतबाट ९.०९ प्रतिशतमा झरेको छ, जुन सकारात्मक संकेत हो।

    नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भई २४।५३ रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो ८.९८ रुपैयाँ मात्र थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ हाल २०८.०३ रुपैयाँ रहेको छ, जसले सुदृढ वित्तीय आधार दर्शाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij