Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

अपर तामाकोशीको घाटा बढेर २ अर्ब नाघ्यो, विद्युत् बिक्री घट्दा असर

अपर तामाकोशीको घाटा बढेर २ अर्ब नाघ्यो, विद्युत् बिक्री घट्दा असर

  • काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ अर्ब ३९ करोड रुपैयाँ घाटामा रहेको थियो, जसको तुलनामा घाटा झन् बढेको हो।

    कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २७ करोड रुपैयाँमा झरेपछि घाटा थपिएको हो। यद्यपि, वित्तीय खर्च केही कम हुँदै ४ अर्ब ६९ करोडबाट घटेर ४ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको अन्य आम्दानी भने ९७ करोड ९६ लाख रुपैयाँ रहेको छ।

    हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ्स १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ। यसले कम्पनीको कूल नाफा संचित अवस्था अत्यन्त कमजोर रहेको संकेत गर्छ।

    नोक्सानी बढेपछि प्रतिसेयर आम्दानी  ऋणात्मक ९।७६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ४६.७९ रुपैयाँमा झरेको छ, जुन कम्पनीको हालको वित्तीय अवस्थालाई चुनौतीपूर्ण बनाउने सूचक हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij