Logo

May 16 2025 | २०८२, जेठ ४गते

May 16 2025 | २०८२, जेठ ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ १ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    नेप्सेमा हिमालयन लाइफ इन्सुरेन्सको १ करोड १२ लाख बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन लाइफ इन्सुरेन्स लिमिटेडले वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड १२ लाख २८ हजार ५३७ कित्ता बोनस सेयर सूचीकृत गरिएपछि, यी सेयर अब लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

     

    स्वावलम्बन लघुवित्तद्वारा ८४,०६५ कित्ता संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको कुल ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।

     

    कम्पनीले यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ निर्धारण गरेको छ। बिक्री खुला गरिएको सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    शेयर बजार : नेप्से परिसूचकमा ७.३७ अंकले घटेर २६१२.८९ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ७.३७ अंकले घटेर २६१२.८९ बिन्दुमा आएको छ । आज ७ अर्ब ०८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । होटेल तथा पर्याटन समूहमा राम्रो वृद्धि देखिएको छ । ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    प्रिमियम मूल्यको औचित्य पुष्टि नहुने गरी आईपीओ अनुमति दिएकोमा महालेखाद्वारा छानबिन गर्न निर्देशन

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियम मूल्यको औचित्य पुष्टि नहुनेगरी आईपीओ अनुमति दिएको भन्दै छानबिन गर्न भनिएको छ। महालेखा परीक्षकको कार्यालयले सेबोनलाई प्रिमियम मूल्यको आईपीओ अनुमतिमाथि प्रश्न उठाउँदै छानबिन गर्न भनेको हो ।महालेखाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा शेयर निष्कासन अनुमति दिएको विषयमा पनि कैफियत दर्शाएको छ ।

    नेप्से र सीडीएससीका कर्मचारीले आईजीनलाई कमाउ धन्दा बनाएपछि अख्तियारमा उजुरी, कारबाही गर्न माग

    काठमाडौं । सेयर सुचिकृत गर्दा प्रदान गरिने कोड र आइजीन ९इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर० लाई कर्मचारीले कमाईखाने भाडो बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमत्तोमा कतिपय कम्पनीको सिंगल आईजीन र सिंगल कोड सिर्जना गरी असुली धन्दा चलाएको भन्दै कर्मचारी उपर छानविन गरी कारबाही गर्न माग गरिएको छ । आईजीनको नाममा भएको विकृति रोक्नका लागि अमर लम्सालले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । उनले सी–०६७३७० को दर्ता नम्बरमार्फत अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

    दोर्दी खोला जलविद्युतको १००% हकप्रद सेयर बाँडफाँट, बिक्री नभएका सेयर लिलामीमा जाने

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले १:१ अनुपातमा जारी गरेका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयरमध्ये ८५ लाख ९५ हजार ९२८ कित्ता सेयरका लागि मात्र आवेदन परेको छ।

    यसअनुसार, १९ लाख ४६ हजार ६७६ कित्ता सेयर बिक्री नभएर बाँकी रहेको छ। कम्पनीले अब ती बाँकी सेयरहरू लिलामीमार्फत बिक्री गर्ने तयारी गरेको छ।

    केस्ट्र माइक्रो लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २३ गते

    काठमाडौं ।  केस्ट्र माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले जेठ २३ गते वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बिरेन्द्रनगर–६, सुर्खेतमा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय प्रतिवेदनहरूमा छलफल गरिनेछ। साथै, सभाले दुई जना सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्तावहरूमा निर्णय गर्नेछ।

     

    हालसम्म कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।

    सान्भि इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गते देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन  मार्फत सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य रु २४ करोड १५ लाख ३० हजार बराबर हुनेछ।

    यसअघि कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँ को १० प्रतिशत, अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयहरूलाई बिक्री गरिसकेको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

    सर्वोत्तम सिमेन्टको नाफामा ३९९% वृद्धि, प्रतिसेयर आम्दानी १६.१६ रुपैयाँ पुग्यो

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यो अवधिमा रु ६० करोड ३० लाख खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु १२ करोड ७ लाख नाफाको तुलनामा ३९९.३३ प्रतिशतले वृद्धि भएको हो।

    कम्पनीको सञ्चालन आम्दानी रु ४ अर्ब ५५ करोड बाट बढेर रु ६ अर्ब ८१ करोड पुगेको छ, जसले नाफामा उल्लेखनीय वृद्धि ल्याएको हो। साथै, वित्तीय खर्च पनि रु ३० करोड ४७ लाख बाट घटेर रु २२ करोड ७० लाख मा झरेको छ, जसले मुनाफा थप बढाउन सहयोग पुर्‍याएको छ।

    एलआइसी नेपालद्वारा १०% बोनस सेयर र ०.५२६% नगद लाभांश घोषणा

    काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेशन (एलआइसी) नेपालले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    एलआइसी नेपालले हाल कायम रहेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण प्रक्रिया अघि बढाइनेछ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौँ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का २ वटा बैठकका निर्णय सार्वजनिक गरेका छ्न् । सरकारका प्रवक्ता गुरुङले यही वैशाख २५ को ८ र ३१ गते गरिएका २२ निर्णय आज नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।सरकारका निर्णयहरू यस प्रकार रहेका छन् ।

    नक्कली कागजात बनाउने गिरोह पक्राउ

    काठमाडौँ। सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका-१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छ्याङ्ढुङका २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो । निजहरूलाई आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकी बयलकोटीले आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारीचालक अनुमतिपत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । निजले फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात डिजाइन गर्न दुई जना सहयोगीलाई मासिक रु १० देखि रु १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेकी पाइएको प्रहरीले जनाएको छ । बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका ‘स्टेटमेन्ट’समेत बनाएर कुरियरमार्फत पठाउने गरेका पाइएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij