Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

रुबियो र वाङबीच आसियान वार्ताको साइडलाइनमा भेट हुने

रुबियो र वाङबीच आसियान वार्ताको साइडलाइनमा भेट हुने

  •  

    क्वालालम्पुर ।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार मलेसियामा आसियान वार्ताको छेउमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्नुहुनेछ । भेटवार्तामा वासिङ्टनका भन्सार शुल्कहरू तीव्र केन्द्रविन्दुमा छन् ।

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यालयमा फर्किएपछि रुबियो र वाङको पहिलो आमनेसामने भेट वासिङ्टन र बेइजिङ व्यापार र फेन्टानिलदेखि प्रविधिसम्म सबै कुरामा विवादमा फसेको छ ।

     

    लामो समयदेखि चीन विरोधी रुबियो र वाङ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ ९आसियान० का विदेश मन्त्रीहरूको भेलाका लागि क्वालालम्पुरमा हुनुहुन्छ । भेलामा जापान, दक्षिण कोरिया र अस्ट्रेलिया पनि सहभागी छन् ।

     

    अमेरिकी अधिकारीहरूले विदेशमन्त्रीका रूपमा रुबियोको यस क्षेत्रको पहिलो भ्रमणअघि वासिङ्टनले पूर्वी र दक्षिणपूर्वी एसियाप्रति आफ्नो प्रतिबद्धतालाई ‘प्राथमिकता’ दिएको बताएका थिए ।

     

    रुबियोले बिहीबार संयुक्त राज्य अमेरिकाको एशिया–प्रशान्त क्षेत्रलाई ‘त्याग्ने कुनै मनसाय’ छैन भन्नुभयो ।

     

    तर अमेरिकी भन्सार शुल्कले सम्मेलनलाई ओझेलमा पारेको छ र रुबियोले एसियाली व्यापार साझेदारहरूलाई शान्त पार्न खोज्नुभएको छ । उहाँले वार्ता जारी रहेको र बाँकी विश्वको तुलनामा ‘राम्रो’ दर हुनसक्ने बताउनुभएको छ ।

     

    अगस्ट १ सम्म वासिङ्टनसँग सम्झौता नगरे ट्रम्पले अधिकांश एसियका गरी २० भन्दा बढी देशविरुद्ध २० देखि ५० प्रतिशतसम्म दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिनुभएको छ । 

     

    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले यस हप्ता ट्यारिफलाई ‘भू–राजनीतिक प्रतिस्पर्धाको तीखो उपकरण’ का रूपमा प्रयोग भइरहेको बताउनुभएको थियो ।

     

    वाङले बिहीबार ‘निष्पक्ष र अधिक उचित’ अन्तर्राष्ट्रिय व्यवस्थाको आह्वान गर्नुभयो ।

     

    “उही समयमा, हामी कुनै ठूलो देशको एकपक्षीय संरक्षणवाद र भन्सार शुल्कको दुरुपयोगको प्रभाव जस्ता चुनौतीहरूको सामना पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

     

    जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि वासिङ्टन र बेइजिङबीच तनाव बढेको छ र दुवै देश भन्सार शुल्क युद्धमा संलग्न छन् । यसले एक अर्काको निर्यातमा केही समयका लागि भन्सार शुल्क उचाइमा पुगेको छ ।

     

    दुवै पक्ष ‘टिट–फर–ट्याट’ संलग्न हुँदा एक विन्दुमा संयुक्त राज्य अमेरिकाले चीनमाथि यसको सामानहरूमा एक सय ४५ प्रतिशतको अतिरिक्त कर लगाएको थियो । अमेरिकी सामानमा चीनको प्रतिरोधात्मक कदम एक सय २५ प्रतिशत पुगेको थियो ।

     

    बेइजिङ र वासिङ्टनले मे महिनामा आफ्नो आश्चर्यजनक रूपमा उच्च शुल्कहरू अस्थायी रूपमा कटौती गर्न सहमत भएका थिए । यसको परिणामलाई ट्रम्पले ‘टोटल रिसेट’ भन्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij