Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

सुनको भाउमा ३ हजारको उछाल, चाँदी पनि २० रुपैयाँले महँगियो

सुनको भाउमा ३ हजारको उछाल, चाँदी पनि २० रुपैयाँले महँगियो

  • काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले वृद्धि भई १ लाख ८४ हजार ८०० रुपैयाँमा कायम भएको हो।

    यो वृद्धिसँगै सुनको मूल्यले पुनः उच्च बिन्दु छोएको छ। याद गर्न लायक कुरा के छ भने, बिहीबार मात्र सुनको भाउ ३५ सय रुपैयाँले घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा झरेको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १ हजार ९२५ रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij