Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं साधारण सभा जेठ २६ गते, ८% बोनस सेयर प्रस्ताव

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं साधारण सभा जेठ २६ गते, ८% बोनस सेयर प्रस्ताव

  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा यही जेठ २६ गते काठमाडौंको आम्रपाली बेंक्वेट, भाटभटेनीमा बिहान ११ बजे बोलाएको छ।

    सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीले अघिल्लो सातौं साधारण सभाबाट स्वीकृत ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय पनि यस सभाबाट पारित गराउने तयारी गरेको छ।

    कम्पनीका अनुसार, नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी बोनस सेयरमार्फत नै पूरा हुने भएकाले हकप्रद प्रस्ताव रद्द गर्न लागिएको हो।

    साधारण सभामा प्रबन्धपत्र संशोधन, वार्षिक प्रतिवेदन, नाफा(नोक्सान विवरण, तथा नगद प्रवाह विवरण लगायतका आर्थिक एजेन्डाहरूमा पनि छलफल हुनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ १६ गते तय गरेको छ। त्यस मितिभन्दा अघिसम्म नाममा दर्ता भएका सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij