Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, ४.७५% लाभांश प्रस्ताव

हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, ४.७५% लाभांश प्रस्ताव

  • काठमाडौं । हिमालयन रिइन्सुरेन्स लिमिटेडले आगामी जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

    त्यससँगै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाह विवरण माथि पनि छलफल गरिनेछ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च, अन्य खर्चहरूको अनुमोदन, र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको एजेन्डामा छ।

    यस बाहेक, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ ११ तोकेको छ। जेठ १० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij