Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

राप्ती हाईड्रोले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै, जेठ ५ सम्मका शेयरधनीलाई मात्र अवसर

राप्ती हाईड्रोले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै, जेठ ५ सम्मका शेयरधनीलाई मात्र अवसर

  •  

    काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले बुक क्लोजको मिति जेठ ६ गते निर्धारण गरेको छ। सोही आधारमा, जेठ ५ गतेसम्म नाममा कायम रहेका शेयरधनीहरू मात्र हकप्रद शेयर खरीद गर्न योग्य हुनेछन्।

    कम्पनीले हालको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही मूल्य बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार, कम्पनीले १स्१ को अनुपातमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्नेछ। यस प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ।

    हालसम्म हकप्रद शेयरको निष्कासन मिति भने कम्पनीले घोषणा गरेको छैन। तर बुक क्लोज मिति निश्चित गरेसँगै योग्य शेयरधनीहरूले आगामी निष्कासनमा सहभागी हुन तयारी गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij