Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २२ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २२ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २२ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू.

    शेयर बजार  : नेप्से परिसूचकमा ५.४९ अंकले घटेर २६४१.४६  बिन्दुमा, ७ अर्ब ९७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा   ५.४९ अंकले घटेर२ ६४१.४६ बिन्दुमा आएको छ । आज ७ अर्ब ९७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

     

    यस दिन ३ सय ११ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर कम्पनी परेका छन् ।

    सान्भि इनर्जीको आइपीओ बाँडफाँट मिति अझै टुंगो छैन, सम्भवत: अर्को साता मात्र बाँडफाँट हुने

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँटको मिति अझै तय हुन सकेको छैन। यस समाचार तयार पार्दासम्म बाँडफाँटको टुंगो नलागेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ। सम्भवतस् यो साता बाँडफाँट नहुने र अर्को साता मात्र बाँडफाँट हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ।

    यसअघि बैंकिङले शुक्रबारसम्म बाँडफाँट हुने संकेत दिएको भए पनि प्रक्रियागत ढिलाइका कारण मिति सरेको हो।

    लुम्बिनी विकास बैंकद्वारा १ लाख ४ हजार संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंकले १ लाख ४ हजार ८१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले आफ्नो विद्यमान संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै उक्त सेयर खरिदको लागि आवेदन दिन आह्वान गरेको छ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले जेठ २२ गतेदेखि ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।

    आगामी वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको गृहकार्य सुरु

    काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि तयारी प्रक्रिया सुरु गरेको छ। मन्त्रालयमा आयोजित समन्वय बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाई कार्य योजना बनाउने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गृहकार्य अघि बढाइएको हो।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश परियोजनाहरूको खरिद प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका छन्। उनले बजेट पारित भएलगत्तै सम्झौता गर्न सकिने अवस्थामा तयारी गरेमा योजनाको कार्यान्वयन छिटो र प्रभावकारी हुने बताए।

    सोलार फार्म लिमिटेड ३३% हकप्रद सेयर निष्कासन गर्ने, असार ६ गते विशेष साधारण सभा

    काठमाडौं । सोलार फार्म लिमिटेड ले आफ्नो हालको चुक्तापुँजीमा आधारित रहेर ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले हालको ४५ करोड रुपैयाँ चुक्तापूँजीलाई आधार मानेर हकप्रद सेयर ल्याउन लागेको हो, जसले कम्पनीको चुक्तापुँजीलाई ६० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ।

    यस प्रस्तावलाई पारित गर्न कम्पनीले असार ६ गते विशेष साधारण सभा बोलाएको छ। सभा शुक्लागण्डकी–५, तनहुँ स्थित आयोजना स्थलमा दिउँसो २ बजे सुरु हुने जनाएको छ।

    निफ्राको ५ अर्बको ऋणपत्रमा कम माग, आवेदन समय जेठ २५ सम्म लम्बियो

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ। यसअघि कम्पनीले जेठ १८ देखि ऋणपत्र बिक्री खुला गरेको थियो र आज ९जेठ ५० सम्म आवेदन दिन सकिने बताएको थियो। तर, पछिल्लो सूचनामा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

    यसअघि पनि भोटो जात्राका कारण एक दिन समय थपिएको थियो, तर त्यसपछिको अवधिमा पनि माग अनुसार आवेदन नआएपछि पुनः म्याद लम्ब्याइएको हो।

    नेपाल पुनर्बिमा कम्पनीको दोस्रो त्रैमासिकमा ५३ करोड नाफा, ५७.७१% वृद्धि

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिमा ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५७.७१ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको नाफा ३३ करोड ७७ लाख रुपैयाँ थियो।

    पुस मसान्तसम्म कम्पनीले कुल ४ अर्ब १६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संकलित बीमा शुल्क ३ अर्ब ३ करोड रुपैयाँ मात्र थियो। यद्यपि लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी ८७ करोड ३६ लाख रुपैयाँबाट घटेर ६२ करोड ७४ लाख रुपैयाँमा झरेको छ।

    नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज जेठ ३० मा

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति जेठ ३० गते निर्धारण गरेको छ। कम्पनीले बिहीबार सूचना जारी गर्दै हकप्रद सेयर निष्कासन प्रयोजनार्थ सो मितिमा बुक क्लोज गर्ने निर्णय गरेको हो ।
    यसअनुसार जेठ २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले गत जेठ ७ गते कम्पनीलाई १०ः४ अनुपातमा अर्थात् ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने स्वीकृति दिएको थियो ।कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । १०० रुपैयाँ अंकित दरअनुसार कम्पनीले ६५ लाख ७६ हजार ९३७।७६ इकाइ हकप्रद सेयर बिक्रीमा ल्याउनेछ ।

    प्रतिनिधिसभा बैठक : विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित

    काठमाडौँ ।केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभयो ।
     
            सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो । प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् ।

    पूर्व प्रधानमन्त्री नेपाल र दुई पूर्वमन्त्री सहित ९३ जना विरुद्ध पतञ्जलि जग्गा हिनामिनामा मुद्दा दायर, नेपालको सांसद पद स्वतः निलम्बनमा (प्रतिवादीहरूको नामावली सहित)

    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरे पछि उनको संसद पद स्वतः निलम्बनमा परेको हो ।
    उक्त मुद्दामा नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।  जसमा पूर्वप्रधानमन्त्री नेपालसहित तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जना प्रतिवादी रहेका छन् ।

    लगानी बोर्डको ६४औँ बैठकमा मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

    काठमाडौँ। लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो । रु ५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।

    नेपालमा TP-Link ले VIGI निगरानी, Tapo स्मार्ट होम र वायरलेस क्यामेरा, OMADA व्यवसायिक समाधान, र SOHO उत्पादनहरूसँग उत्पादन पोर्टफोलियो विस्तार गर्‍यो

    काठमाडौं ।टीपी लिंकले   नेटवर्किङ र स्मार्ट होम समाधानमा विश्वव्यापी अग्रणी ब्राण्ड नेपालमा आफ्नो बहुआयामी उत्पादन पोर्टफोलियो ल्याएको घोषणा गरेको छ। यसमा व्यवसायिक निगरानी समाधान VIGITapo ब्रान्डअन्तर्गत स्मार्ट होम वायरलेस क्यामेरा, OMADA मार्फत इन्टरप्राइज ग्रेड नेटवर्किङ, र पहिलेदेखि नै लोकप्रिय SOHO (साना अफिस/घर अफिस) उत्पादनहरू समावेश छन्।

     

    यस विस्तारसँगै टीपी लिंकले  नेपाली घर, अफिस र व्यवसायहरूका लागि नवीनतम, सुरक्षित र स्केलेबल नेटवर्किङ तथा निगरानी समाधानहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

    बालेनको आँगन: काठमाडौँ महानगरपालिका वडा न ३२मा सब इन्जिनियर मल्लकै सेटिङमा हुन्छ अनियमितता, सम्बन्धित निकाय मौन

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न ३२मा निर्माणलगायतका  काममा अनियमिता हुने गरेको स्थानीयले बताएका छन् । वडा न ३२मा उपभोक्ता समितिमार्फत् हुने काम ,कोटेसन मार्फत् हुने काम, ठेक्कापट्टा, नक्शा पासलगायतका काममा अनियमितता हुने गरेको स्थानीयहरूले गुनासो गरेका हुन् ।

     

    काठमाठौँ महानगरपालिका वडा न ३२मा सब इन्जिनियरको रूपमा कार्यरत  रविमल्लले कोटेसनमा हुने काम लगायतका निर्माणका काममा २५ प्रतिशतसम्म कमिसन लिएर काम गर्ने गरेको बताइएको छ ।  मल्लले निर्माणको केटेसनको काममा वडाअध्यक्ष, वडा सचिव र इन्जिनियरलाई मिलाउनुपर्छ भन्दै २५ प्रतिशत कमिसनमा काम मिलाउने गरेको स्थानीयहरू बताउँछन् ।

    बाइडेनको स्वास्थ्यमा आएको गिरावट लुकाउने ‘षड्यन्त्र’ को अनुसन्धान गर्न ट्रम्पको आदेश

    वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार जो बाइडेनको ह्वाइट हाउसमा रहेको समयमा उहाँको संज्ञानात्मक स्वास्थ्यमा आएको गिरावटलाई लुकाउने ‘षड्यन्त्र’ भएको रिपब्लिकनहरूको दाबीको अनुसन्धान गर्न आदेश दिनुभएको छ ।

     

     

    यो कदम ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपतिलाई बदनाम गर्ने लामो अभियानको पछिल्लो चरण हो । यसमा रिपब्लिकन पार्टीका राजनीतिज्ञहरू र रूढिवादी मिडियामा उनीहरूका समर्थकहरू सामेल भएका छन् ।

    नाटोलाई रक्षा खर्च बढाउने सम्झौता गर्न अमेरिकाको दबाब

    ब्रसेल्स ।अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न सक्ने रक्षा खर्च बढाउने सम्झौतामा सहमत हुन दबाब दिनुभएको छ ।

     

     

    ट्रम्पले गठबन्धनका सदस्यहरूलाई नेदरल्यान्ड्समा जुन २४–२५ मा हुने बैठकमा रक्षा बजेट आफ्नो कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को पाँच प्रतिशतसम्म बढाउन सहमत हुन माग गर्नुभएको छ ।

    काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन बल्ल पहिलो किस्ताको अनुदान  पठाइयो

    काभ्रेपलाञ्चोक ।  बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आबास निर्माणका लागि यहाँको १२ स्थानीय तहमा अनुदान पठाइएको छ । गत असोज दोस्रोसाताको अबिरल बर्षापछिको आएको बाढीपहिरो पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत सरकारले पहिलो किस्ता बापत रु २५ हजारका दरले राहत रकम उपलब्ध गराएपछि जिल्लाको १२ तहका करिब तीन हजार घरपरिवारका स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    नबिल बैंकको सीइओमा मनोज कुमार ज्ञवाली नियुक्त, ४ वर्षे कार्यकाल

    काठमाडौं । नबिल बैंक लिमिटेड ले मनोज कुमार ज्ञवालीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त गरेको छ। जेठ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

    ज्ञवाली यसअघि पनि नबिल बैंकमै कायममुकायम ९का।मु।० सीइओ को रूपमा कार्यरत थिए। अब भने उनले पूर्णकालीन रूपमा सीइओको जिम्मेवारी सम्हाल्नेछन्।

    ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।

    बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम

    काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको  छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं । अहिले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । सबै प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
    कोशी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij