
काठमाडौँ । उपप्रधानमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा गठित गभर्नर सिफारिस समितिको बैठक मंगलबार बसेको छ ।सदस्यद्वय निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डेको उपस्थितिमा सिफारिस समितिको बैठक बसेको हो ।
समितिले तीन जनाको नाम सिफारिस गरी पठाउनुपर्ने छ । राजनीतिक सहमति अनुसार डा. विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गर्न यो बैठक बसेको हो ।यो समितिको सिफारिसमा परेका तीन जना मध्ये एक जनालाई गभर्नर नियुक्त गरिने गरी आज ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । यो निर्णय लिएर अर्थमन्त्री पौडेल मन्त्रिपरिषदको बैठकमा सहभागी हुने भएका छन् । आज गभर्नरको नामलाई मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij