Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

बुधबार ५ हजार रुपैयाँ बढेर सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम

बुधबार ५ हजार रुपैयाँ बढेर सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम

  • काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij