
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सोही सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम थियो।
चाँदीको भाउ भने स्थिर रहँदै आइतबार पनि प्रतितोला २ हजार ५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रत्यक्ष असर पारिरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij