
काठमाडौँ । आज नेप्से परिसूचकमा ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा आएको छ । आज ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माइक्रोफाइनान्स समूहमा भने सामान्य उत्साह देखिएको छ ।यस दिन ३ सय १४ कम्पनीको १ करोड ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । साढे ७१ करोड रुपैयाँसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आजदोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र ङादी ग्रुप पावर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij